माधव नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १८:०३
Image of https://mayorsap.com/storage/photos/shares/Madhav-Nepal-3.jpg

रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजीको माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ ।

सोही क्षेत्रका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध दाबी–विरोधको उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा पतञ्जलि योगपीठको जग्गा प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान रहेको उम्मेदवार यादवको दाबी छ । 

निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक छानबिन र कानुनी प्रक्रिया सुरु गरिएको जनाएको छ ।


Facebook Comments