७० प्रतिशत मत ल्याएर चुनाव जित्छु : ओली
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १८:१६
दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफूले ७० प्रतिशत मत ल्याएर विजयी हुने दाबी गरेका छन् ।
झापामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ओलीले कांग्रेसका थिग्रिन नसकेका र पूर्वमाओवादीका धेरै मतदाताले समेत आफूलाई नै मत हाल्ने बताए ।
अध्यक्ष ओलीले हालैको जेन–जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडलाई लक्षित गर्दै राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।
‘नगरपालिका र बिजनेस कम्प्लेक्स किन जलाएको? दमकलाई नमुना सहर बनाउने सपनामाथि प्रहार भएको छ,’ उनले प्रश्न गरे ।
काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले सुकुम्वासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीनको पीडा र व्यवस्थापनबारे ज्ञान नभएको टिप्पणी गरे ।
विदेशी शक्तिको दबाब र मुलुकमा अस्थिरता फैलाउने खेलविरुद्ध एमाले चट्टानी रूपमा उभिने उनको अठोट छ ।
Facebook Comments