बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृ*त्यु, तीन घाइते

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १२:२२
Image of https://mayorsap.com/storage/photos/shares/accident_1.jpg

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । 

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


Facebook Comments