वीरगञ्ज नाकाबाट ६ महिनामा ५२ प्रतिशतले बढ्यो निर्यात

४८ अर्बको सामान विदेश पठाइयो

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १३:०१
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_20.jpg

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।

गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ । 

गत आवको छ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए । 

चालु आवको ६ महिनामा २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

त्यस्तै, दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको  छ । त्यस्तै एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।


Facebook Comments