अराजकता फैलाउनेहरू कारबाहीबाट उम्कन सक्दैनन् : ओली

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १३:४७
Image of https://mayorsap.com/storage/photos/shares/kpoli-4-1024x500.jpg

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक र अराजक क्रियाकलापमा संलग्नहरू ढिलोचाँडो कानुनी कारबाहीको दायरामा आउने बताएका छन् । 

बिहीबार झापाको दमक–८ स्थित जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अवलोकनका क्रममा ओलीले विध्वंश मच्चाउनेहरू सधैँ उम्कन नसक्ने उल्लेख गर्दै पीडित पक्षलाई उजुरी र कानुनी प्रक्रिया अगाडि बढाउन सुझाव दिए । “अराजकताको आयु लामो हुँदैन, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ,“ उनले भने ।

सो अवसरमा नेता पुरीले आगजनी र तोडफोडबाट घरको सम्पत्ति लुटिएको र घरायसी सामानहरू पूर्ण रूपमा नष्ट पारिएको जानकारी गराउँदै आफूले सबै प्रमाणहरू सङ्कलन गरी कानुनी उपचारको प्रक्रिया सुरु गरिसकेको बताए ।


Facebook Comments