सिमखोलामा बोलेरो दुर्घटना: सहचालकको मृ*त्यु, दुई जना घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिकै बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।
सर्लाहीबाट कुखुरा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको बोलेरो बिहीबार बिहान १ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय सहचालक रोहन मण्डलको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ब्रेक फेल भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेको उक्त बोलेरोमा सवार १६ वर्षीय छोटे पासवान र २५ वर्षीय चालक रामवली साह घाइते भएका छन् ।
घाइतेहरूको काठमाडौं मेडिकल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, बोलेरोमा रहेका ५ सय वटा कुखुरामध्ये ३ सय वटा मरेका छन् ।
Facebook Comments