जुम्ल्याहा दाजुभाइसँग एकै युवतीको प्रेम, एउटै कोठामा बस्छन् तीनैजना
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १४:३२
एजेन्सी । थाइल्याण्डकी एक २४ वर्षीया युवती आफ्नो अनौठो प्रेम सम्बन्धका कारण यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छन् ।
नाखोन फनोम जिल्लाकी नोङ फाहले दुई जुम्ल्याहा दाजुभाइसँग प्रेम सम्बन्धमा रहेको र उनीहरू सबैजना एउटै घरमा मिलेर बसिरहेको खुलासा गरेकी हुन् ।
फाहको यो प्रेमकथा गत वर्षदेखि सुरु भएको हो । विश्वविद्यालयको पढाइ खर्च जुटाउन एउटा रेस्टुरेन्टमा काम गर्ने क्रममा उनको भेट जुम्ल्याहा दाजुभाइ सिंह र सुएसँग भएको थियो ।
फाहले दुवै दाजुभाइलाई मन पराउन थालिन् भने दाजुभाइले पनि फाहलाई नै माया गर्न थाले । रोचक कुरा के छ भने, दाजुभाइबिच एकअर्काप्रति कुनै ईष्र्या वा रिस छैन । विगत ६ महिनादेखि उनीहरू एउटै कोठामा बसिरहेका छन् ।
सुरुमा परिवारले यो सम्बन्धलाई स्वीकार गर्न नमाने पनि उनीहरूको खुसी र समझदारी देखेपछि अन्ततः सहमति दिएका छन् ।
टिकटकमा उनीहरूको भिडियो भाइरल भएपछि कतिपयले आलोचना गरेका छन् भने कतिपयले यसलाई उनीहरूको निजी स्वतन्त्रता भनेका छन् ।

Facebook Comments