पार्टी जोगाउन विशेष महाधिवेशनमा नगएको हुँ : कोइराला
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १६:१८
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्नका लागि आफू विशेष महाधिवेशनमा नगएको स्पष्ट पारेका छन् ।
मोरङ क्षेत्र नं. ६ को सुन्दरहरैँचामा आफ्ना समर्थकहरूसँग बोल्दै उनले पार्टीको एकता जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको दाबी गरे ।
नेता कोइरालाले एउटा समूह विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशनको पक्षमा उभिँदा पार्टी फुट्ने खतरा बढेको बताए ।
‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो, पार्टी बचाउन खोज्दा मलाई ढुलमुले भनियो,’ उनले भने, ‘म जाँदा सभापति बन्थेँ या बन्दैनथेँ, त्यो बेग्लै कुरा हो तर पार्टीको भविष्य संकटमा पथ्र्यो।’
नेता कोइरालाले अब आन्तरिक विवाद छाडेर सबै नेता–कार्यकर्ता एकताबद्ध भई आगामी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।
Facebook Comments