बालेन रोजेका युवा संघ दमकका सचिव एमालेमै फर्किए

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १६:३४
Image of https://mayorsap.com/storage/photos/shares/aa.png

दमक । राष्ट्रिय युवा संघ नेपाल दमकका नगर सचिव कमलप्रसाद गैरे नेकपा एमालेमै फर्किएका छन् ।

केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि उनीबाट प्रभावित भएर गैरेले एमाले त्यागेको घोषणा गरेका थिए ।

तर, बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले आफू एमालेमै रहने स्पष्ट पारेका हुन् ।

गैरेले केही व्यक्तिको दबाब र प्रभावमा परेर पार्टी छाडेको लेखे पनि गहिरो सोच र विश्लेषणपछि एमाले नै देशको आशाको केन्द्र रहेको महसुस भएको बताए ।

उनले हिजोको गल्ती सच्याउँदै केपी ओलीलाई जिताउने अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

दमक र समग्र राष्ट्रको विकासका लागि ओली नै आवश्यक भएको भन्दै उनले अब पार्टी र संगठनको काममा इमानदारीपूर्वक लाग्ने संकल्प गरेका छन् ।


Facebook Comments