जेन–जी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १७:०५
काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई प्रतिवेदन बुझाउन थप समय दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आयोगको म्याद थपिएको यो दोस्रो पटक हो। गत असोज ५ गते गठित यस आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
सुरुमा तीन महिनाको कार्यकाल तोकिएको आयोगको म्याद यसअघि पुस ३ गते पनि एक महिना थप गरिएको थियो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सोही क्रममा भएको बलप्रयोग र घटनाका अन्य पक्षबारे आयोगले विस्तृत अध्ययन गरिरहेको छ ।
Facebook Comments