‘विदेश जानु अपराध होइन, रहर र बाध्यता दुवै हो’

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १७:५३
Image of https://mayorsap.com/storage/photos/shares/unnamed_3.jpg

काठमाडौं । वैदेशिक रोजगारले देशको अर्थतन्त्र मात्र नभई सामाजिक रूपान्तरणमा समेत ठुलो योगदान पु¥याएको भन्दै यस क्षेत्रप्रति सकारात्मक सोच (भाष्य) निर्माण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले वैदेशिक रोजगारीका सकारात्मक पक्षलाई समाजले चिन्नुपर्ने बताएका हुन् ।

सञ्जालका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेले वैदेशिक रोजगारीमा जानेहरूलाई मानवीय नजरले हेर्नुपर्ने बताए । “विदेश जानु कुनै अपराध होइन, त्यहाँबाट सिकेको सीप र ज्ञानलाई राज्यले देश विकासमा उपयोग गर्नुपर्छ,” उनले भने । 

कार्यक्रममा पत्रकार बबिता बस्नेतले मिडियामा प्रायः वैदेशिक रोजगारीका दुःख र नकारात्मक पाटोले मात्र स्थान पाउने गरेको भन्दै सकारात्मक सफलताका कथाहरू ओझेलमा परेको बताइन् ।

त्यस्तै, पौरखी नेपालकी अध्यक्ष सत्राकुमारी गुरुङले वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरूले अझै पनि समाजमा मानसिक र सामाजिक विभेद भोग्नुपरेको अनुभव सुनाइन् । 

यो गलत मनोविज्ञानलाई चिर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र मानवअधिकारमैत्री बनाउन सबैको साझा पहल आवश्यक रहेको उनको भनाइ थियो ।


Facebook Comments