उम्मेदवार दिपक सिंहविरूद्ध अफवाह फैल्याइएकाे भन्दै  राप्रपाकाे आपत्ति

No Author Assigned | २०८२ माघ ९ गते २०:५१
Image of https://mayorsap.com/storage/photos/shares/rpp-makwanpur-candidate.png

हेटौंडा । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बहादुर सिंहविरूद्ध विभिन्न फेसबुक पेज र समाचार साइटमार्फत अफबाह फैल्याएकाे भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति मकवानपुरले आपत्ति जनाएकाे छ।

राप्रपा मकवानपुरले २०८२ माघ ०८ गते जारी गरेको प्रेस विज्ञप्तिमा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बहादुर सिंहका विषयमा विभिन्न फेसबुक पेज, हेटौंडा सन्देश डट कम लगायत अन्य अनलाइन पत्रिकामा प्रकाशित समाचारहरू पूर्ण रूपमा असत्य, भ्रामक र निन्दनीय रहेको जनाएकाे छ।

सिंहकाे विषयमा समाजिक सञ्जालमा नेपाली कांग्रेसबाट उनीसँगै प्रतिस्पर्धामा उत्रिएकी महालक्ष्मी उपाध्याय 'डीना'माथि दुर्व्यवहारपूर्ण शब्द प्रयोग गरेकाे दाबी गरिएकाे छ। मतदाताहरूलाई सिंहले 'पेटीकाेट समाउने कि जुँगा' भनेर महिला प्रतिस्पर्धीकाे अपमान गरेकाे आरोप लागेकाे छ । तर सिंह र उनकाे पार्टीले मतदातालाई विचलित गर्न अफवाह फैल्याइएकाे जिकीर गरेका छन् । 

विज्ञप्तिमा तथ्यहीन समाचार प्रस्तुत गर्नु मतदातालाई भ्रमित गर्ने नियोजित प्रयास भएको उल्लेख छ।


Facebook Comments