एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते २१:१९
काठमाडौँ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ ।
च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।
आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ ।
एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे ।
Facebook Comments