त्रिविकाे परीक्षा प्रणाली विकेन्द्रीकरण र डिजिटल बनाउन माग
मेयरसाप डेस्क
|
२०८२ माघ १२ गते १८:०४
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षासम्बन्धी कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता अन्त्य गर्न माग गर्दै बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा धर्ना सुरु गरेका छन् ।
स्ववियु सभापति दीपकराज जोशीको नेतृत्वमा विद्यार्थीहरूले आजदेखि कार्यालयको मूल गेटमा धर्ना दिएका हुन् ।
परीक्षा प्रणाली विकेन्द्रीकरण नहुँदा मौका परीक्षा र स–साना कामका लागि समेत देशका दुर्गम भेगबाट काठमाडौं आउनुपर्ने झन्झटिलो अवस्था रहेको विद्यार्थीहरूको गुनासो छ ।
उनीहरूले हरेक प्रदेशमा परीक्षा केन्द्र तोकिनुपर्ने, नतिजा समयमै सार्वजनिक हुनुपर्ने, पूर्ण डिजिटल प्रणाली (एप) सञ्चालनमा ल्याउनुपर्ने र प्रमाणपत्र वितरणलाई प्रदेशस्तरमै लैजानुपर्ने माग राखेका छन् ।
त्रिविको संरचना समयअनुसार आधुनिक हुन नसक्दा विद्यार्थीले अनावश्यक आर्थिक र शारीरिक सास्ती पाइरहेको स्ववियुले जनाएको छ ।
Facebook Comments