चुनावी कार्यक्रमका लागि कैलाली र कञ्चनपुरतर्फ जाँदै बालेन
मेयरसाप डेस्क
|
२०८२ माघ १३ गते १०:२४
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज सुदूरपश्चिम पुग्दैछन् । बालेनको सचिवालयका अनुसार उनी बिहान ७ बजे बर्दियाको राजापुरबाट कैलाली र कञ्चनपुरको चुनावी यात्रामा निस्किएका छन् ।
राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा रास्वपाले कार्यक्रम गर्ने भएको छ ।
दिउसो ३ः३० बजे धनगढीबाट कञ्चनपुरको पुनर्वासतर्फ लाग्ने बताइएको छ । कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
यसैबीच आज बिहान उनले बर्दिया–२ मा राजापुरस्थित खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यस्तै उनले बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरको पनि दर्शन गरेका गरेका छन् ।
Facebook Comments