प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

User Image मेयरसाप डेस्क | २०८२ माघ १३ गते ११:००
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-b8513141.jpeg

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।


Facebook Comments