क्यूआरबाट भुक्तानी गर्दा पुरानो ‘स्कृनसट’ देखाएर ठगी गर्ने प्रवत्ति बढ्दै

सतर्क रहन राष्ट्र बैंकको आग्रह

User Image मेयरसाप डेस्क | २०८२ माघ १३ गते ११:०७
Image of https://mayorsap.com/storage/photos/shares/rastra-bank.jpg

काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि भएको छ । यस अवस्थालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ । केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो ।

राष्ट्र बैंकले क्यूआर भुक्तानी स्वीकार गर्दा मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त नोटिफिकेशनमार्फत खातामा रकम वास्तवमै जम्मा भएको हो कि होइन भन्ने पुष्टि गर्नुपर्ने अनिवार्य रहेको जनाएको छ । भुक्तानी प्राप्त भएको यकिन नगरी कारोबार गर्दा ठूलो आर्थिक नोक्सानी हुन सक्ने जोखिम समेत औंल्याइएको छ । केन्द्रीय बैंकले सबै विक्रेता तथा सेवा प्रदायकलाई क्यूआर भुक्तानीका क्रममा उच्च सतर्कता अपनाउन र सुरक्षित भुक्तानी प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।


Facebook Comments