यातायात प्रमुखसहित १७ जना कर्मचारी अख्तियारको नियन्त्रणमा

लाइसेन्समा चलखेल : ट्राफिक प्रहरीको मोबाइल जफत

User Image मेयरसाप डेस्क | २०८२ माघ १३ गते १७:५०
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-durupayog-anusandhan-aayog.jpg

काठमाडौं । लाइसेन्सको लिखित परीक्षामा आर्थिक लेनदेन गरी अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुलो अपरेसन चलाएको छ ।

आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ थान मोबाइल जफत गरेको छ ।

यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका असई डोरहरि नेपालसहित ३ जना र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका म्यानेजरसहित ७ जनाको ९ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ ।

कर्मचारी र प्रहरीको मिलेमतोमा प्रतिव्यक्ति ५ देखि १० हजार रुपैयाँ लिएर फेल भएकालाई पास गराउने गरेको सूचनाका आधारमा अख्तियारले छापा मारेको हो ।

आयोगले लिखित परीक्षामा फेल भएको ३ महिना नपुग्दै पुनः परीक्षामा सहभागी गराइएका परीक्षार्थीहरूको उत्तरपुस्तिका समेत जफत गरी अनुसन्धान अघि बढाएको छ ।


Facebook Comments