विप्लवलाई प्रचण्डले भने– आत्मसमीक्षा गर्नुस् र मूल घर फर्कनुस्

No Author Assigned | २०८२ माघ १५ गते १५:१४
Image of https://mayorsap.com/storage/photos/shares/prachanda.png

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई एकता प्रक्रियामा आउन सार्वजनिक आह्वान गरेका छन् ।

बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनको सुदृढीकरणका लागि एकता अपरिहार्य रहेको बताएका हुन् ।

विप्लव पक्ष पछिल्लो समय वैचारिक अन्योल र विचलनमा फसेको टिप्पणी गर्दै उनले भने, ‘जेनजी आन्दोलनपछि विप्लवजीहरू ठूलो भुमरीमा पर्नुभएको छ। यताउता भौँतारिएर केही हुनेवाला छैन, तपाईँहरूको वास्तविक घर यही हो।’ 

उनले विप्लवलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्दै अझै पनि अवसर बाँकी रहेकाले एकतामा आएमा स्वागत गर्न तयार रहेको स्पष्ट पारे ।

समाजवादी मोर्चादेखि नै एकताका लागि भएका प्रयासहरू निष्कर्षमा पुग्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले अब ढिला नगरी मूलधारमा फर्किन अपिल गरे ।


Facebook Comments