बारामा बुहारी र प्रेमी मिलेर गरे सासू र देवरको ह*त्या

बुहारी प्रहरी नियन्त्रणमा

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते १५:३६
Image of https://mayorsap.com/storage/photos/shares/bara-hatya.jpg

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा भएको आमा–छोराको विभत्स हत्या प्रकरणमा प्रहरीले घरकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरेको छ । 

बुधबार राति धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । आक्रमणमा परी सुमित्राका श्रीमान् जगरुप र छोरी रिना गम्भीर घाइते भएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका युवक माघ १२ गते मात्रै दुबईबाट नेपाल फर्किएका थिए । बुहारीसँग ती युवकको अवैध सम्बन्ध रहेको र यसबारे परिवारमा विवाद भएपछि योजनाबद्ध रूपमा हत्या गरिएको आशङ्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार, दुबईबाट ओर्लिए लगत्तै बारा पुगेका ती युवक र बुहारीको मिलेमतोमा घटना भएको देखिन्छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।


Facebook Comments