नेप्सेमा सामान्य सुधार : ११ अर्ब ४९ करोडको कारोबार

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते १५:४५
Image of https://mayorsap.com/storage/photos/shares/nepsenepse_2.jpg

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ ।

नेप्से ५.३८ अङ्कले उकालो लाग्दै २७३१.८९ विन्दुमा पुगेर बन्द भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने केही गिरावट आएको छ ।

मंगलबार १४ अर्ब माथिको कारोबार भएको बजारमा आज ३३४ कम्पनीको २ करोड ३६ लाख कित्ता शेयर किनबेच हुँदा कुल ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १४१ कम्पनीको शेयर मूल्य बढेको छ, भने ११२ कम्पनीको घटेको छ ।

विशेषगरी कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा पनि ८३ करोड ५७ लाख रुपैयाँसहित आँखुखोला जलविद्युत अग्रस्थानमा रहेको छ ।

१३ उपसमूहमध्ये वित्त क्षेत्रमा सर्वाधिक १.२४ प्रतिशतको बढोत्तरी देखिएको छ भने बैंकिङ र बीमासहित ५ उपसमूहका सूचक सामान्य घटेका छन् ।


Facebook Comments