वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालन

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते १६:००
Image of https://mayorsap.com/storage/photos/shares/mayorsap_1.jpg

वीरगञ्ज । नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा नवनिर्मित सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोग, सशस्त्र प्रहरी बल १३ नम्बर गण र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको सहकार्यमा सुरक्षा पोष्ट र सीमा सौन्दर्यकरणको कार्य सम्पन्न गरिएको हो ।

महानगर प्रमुख राजेशमान सिंहले सुरक्षा पोष्टको उद्घाटन गर्दै मितेरीपुल वरपरको क्षेत्रलाई व्यवस्थित र हरियाली बनाइएको बताए ।

उनका अनुसार यो अभियानले नाका भएर आवतजावत गर्ने जो कोहीलाई फरक र सुखद अनुभूति दिलाउनेछ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा क्षेत्रको नयाँ व्यवस्थापनले नाकालाई थप मर्यादित र सुन्दर देखाएको उल्लेख गरे ।


Facebook Comments