आर्थिक आत्मनिर्भरता बिना सशक्तिकरण असम्भव : कार्यवाहक मेयर डंगोल

निजी क्षेत्रसँग सहकार्य गर्न महानगर तयार

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते १६:४४
Image of https://mayorsap.com/storage/photos/shares/sunita.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक रूपमा सक्षम नभएसम्म सशक्तिकरणका नाराहरू नारामै सीमित हुने बताएकी छन् ।

बुधबार ‘काठमाडौं महोत्सव २०८२’ को उद्घाटन गर्दै उनले महिला, युवा वा कुनै पनि वर्गको वास्तविक सशक्तिकरणका लागि आर्थिक आत्मनिर्भरता पहिलो सर्त भएको उल्लेख गरिन् ।

डंगोलले समाजमा सीप भए पनि त्यसको उचित बजारीकरण हुन नसकेको स्वीकार गर्दै यस्ता महोत्सवले उद्यमीको सीपलाई बजारसँग जोड्न पुलको काम गर्ने विश्वास व्यक्त गरे । 

उनले आगामी दिनमा महानगरपालिका निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत बताए । महोत्सवले नयाँ उद्यमीहरूमा आशा जगाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उनको भनाइ थियो ।


Facebook Comments