नेता होइन, बेटा बनेर सर्लाही आएको हुँ : गगन थापा

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते १६:३२
Image of https://mayorsap.com/storage/photos/shares/gagan_2.jpg

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदाताहरूसँग प्रत्यक्ष जोडिन सांसद सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चुनावी अभियानका क्रममा धनकौलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मधेसको समस्या बुझ्न र यहाँको शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा सुधार ल्याउन आएको बताए ।

‘मैले पहाड र सहर बुझेँ, अब मधेस बुझ्न र यहाँको सेवा गर्न आएको हुँ,’ उनले भने, ‘मलाई खोज्न अन्त जानुपर्दैन, म नेता होइन तपाईँहरूको ’बेटा’ (छोरा) बनेर काम गर्नेछु ।’

सोही कार्यक्रममा बहुजन पार्टीका प्रदेशसभा उम्मेदवार कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चारजना वडाध्यक्षसहित विभिन्न पार्टीका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।


Facebook Comments