पूर्वमन्त्री प्रदीप यादवसहित ८ नेता पार्टीबाट निष्कासित
मेयरसाप डेस्क
|
२०८२ माघ १४ गते १७:११
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित ८ जना वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको नीति र निर्णय विपरीत एमालेबाट चुनावी मैदानमा उत्रिएपछि उनीहरूलाई अनुशासनको कारबाही गरिएको हो ।
प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरू विरुद्ध गतिविधि गरेको, अनुशासन भङ्ग गरेको र विधान विपरीत कार्य गरेको आरोपमा उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी हटाइएको हो ।
कारबाहीमा पर्नेहरूमा प्रदीप यादवसँगै चन्दन कुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवल किशोर सिंह र डा. शिवजी यादव रहेका छन् ।
Facebook Comments