काठमाडौंमा लुटपाटमा संलग्नहरुमाथि प्रहरीले चलायो गो-ली, १० जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १०:०२
Image of https://mayorsap.com/storage/photos/shares/goli-chalyo.jpg

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा लुटपाट गर्ने १० जनालाई प्रहरीले गोली चलाएर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउको क्रममा गोली समेत चलाउनु परेको हो । 

यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । पछिल्लो समय काठमाडौंमा रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटना बढेको थियो । 

 


Facebook Comments