पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १०:१४
पाल्पा । जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नम्बर १ मा २० र क्षेत्र नम्बर २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।
पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नम्बर १ मा ९८ हजार ३८३ र क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक ६ हजार ११० जना मतदाता थपिएका छन् ।
Facebook Comments