स्कुटर दुर्घटनामा २७ वर्षीया थापाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १०:३८
Image of https://mayorsap.com/storage/photos/shares/accident_4.jpg

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको स्कुटर दुर्घटनामा परी चितवनको भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनामा स्कुटर चालक म्याग्दे–३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन् ।

घाइते मगरको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Facebook Comments