निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले माग्यो स्पष्टीकरण

सुनारलाई साम्प्रदायिक विद्वेषको आरोप

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १०:५१
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य गरेको भन्दै तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ । आयोगले उजुरीका आधारमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेस गर्न निर्देशन दिएको हो ।

स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा बाँके–३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनार, सप्तरी–२ का सिके राउत र काठमाडौँ–५ की निशा अधिकारी रहेका छन् ।

सुनारलाई साम्प्रदायिक विद्वेष फैलाएको, राउतलाई तोरण र झण्डा झुन्ड्याएको तथा अधिकारीलाई विदेशमा रहेका नेपालीसँग क्यूआर कोडमार्फत आर्थिक सहयोग मागेको आरोप लागेको छ ।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालय, देउती आधारभूत विद्यालयका शिक्षक र गुठी संस्थानलाई पनि चुनावी आचारसंहिता प्रतिकूल काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।


Facebook Comments