भदौ २३ गतेको घटनामा मेरो आदेश छैन : ओली

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १०:५७
Image of https://mayorsap.com/storage/photos/shares/kp-oli_1.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गतेको दुःखद् घटनामा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने संवैधानिक अधिकार नभएको उल्लेख गरेका हुन् ।

अध्यक्ष ओलीले माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रूपमा विद्यालय पोसाकका बालबालिकालाई अगाडि सारेर संसद् भवनतर्फ लगिएको दाबी गरे ।

संसद् भवनभित्रै विस्फोटक पदार्थसहित आक्रमण सुरु भएपछि सुरक्षाकर्मीले कानुनअनुसार आत्मरक्षा र राष्ट्रिय धरोहर जोगाउन बल प्रयोग गरेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘गोली सरकारको आदेशमा होइन, कानुनअनुसार सुरक्षाकर्मीले चलाएका हुन् ।’

उनले उक्त घटनामा ज्यान गुमाएका १९ जना बालबालिकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भ्रामक प्रचारमा नलाग्न आग्रह गरे ।


Facebook Comments