सुनको मूल्यमा सुनामी : एक तोलाकै ३ लाख ३९ हजार
एकैदिन साढे २० हजारले बढ्यो
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते ११:०५
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज पुनः नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ ।
यो बुधबारको तुलनामा एकैदिन २० हजार ५०० रुपैयाँको भारी वृद्धि हो । बुधबार सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ, जुन बुधबारको तुलनामा २०५ रुपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ५ हजार ५६० र चाँदी १२० अमेरिकी डलर पुगेकाले स्थानीय बजारमा त्यसको प्रत्यक्ष प्रभाव परेको महासङ्घले जनाएको छ ।
Facebook Comments