खराब मौसमले पाँच विमानस्थल ठप्प, अन्तर्राष्ट्रिय उडान डाइभर्ट
आन्तरिक सेवा प्रभावित
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते ११:२२
काठमाडौं । बाक्लो कुहिरो र खराब मौसमका कारण भिजिबिलिटी कम भएपछि बिहीबार मुलुकका पाँचवटा प्रमुख विमानस्थल बन्द भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार, धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल पूर्ण रूपमा बन्द भएका हुन् ।
काठमाडौंको त्रिभुवन विमानस्थल खुला रहे पनि बिहानको खराब मौसमले गर्दा तीनवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
एयर अरेबिया र फ्लाई दुबईका जहाज भारतको लखनउ डाइभर्ट भएका छन्, भने जजिरा एयरवेजको विमान दिल्ली डाइभर्ट भएको छ ।
केही बेरअघि कतार एयरवेज अवतरण गरेसँगै अन्तर्राष्ट्रिय उडान सुचारु भएको र आन्तरिक उडानहरू पनि क्रमशः खुल्ने क्रममा रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
Facebook Comments