दरबारमार्गको 'ब्ल्याक आउट' डान्स बारमा आग*लागी

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते ११:३१
Image of https://mayorsap.com/storage/photos/shares/out-dance.jpg

काठमाडौं । काठमाडौंको दरबारमार्गमा सञ्चालित ‘ब्ल्याक आउट’ डान्स बारमा आज आगलागी भएको छ ।

क्लबको भान्छा (किचन) बाट सुरु भएको आगलागीका कारण लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार काठमाडौं महानगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । 

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भएको छैन ।


Facebook Comments