चलचित्र ‘जय हो’ र ‘लाखे’ ‘डिशहोम गो’मा उपलब्ध

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते ११:४३
Image of https://mayorsap.com/storage/photos/shares/2-movies-jpg.jpeg

काठमाडौं । नेपाली चलचित्र प्रेमीहरूका लागि डिजिटल प्लेटफर्म ‘डिशहोम गो’ले दुई चर्चित चलचित्र ‘जय हो’ र ‘लाखे’ सार्वजनिक गरेको छ । दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र मात्र २२५ रुपैयाँ र नेपाल बाहिर १.९९ अमेरिकी डलर तिरेर जुनसुकै समयमा हेर्न सक्नेछन् ।

टेक पौराखी राईद्वारा निर्देशित चलचित्र ‘जय हो’ एक सशक्त एक्सन–ड्रामा हो । अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी र निशा अधिकारीको मुख्य अभिनय रहेको यस चलचित्रले सामाजिक अन्याय र भ्रष्टाचारविरुद्धको सङ्घर्षको कथा बोकेको छ ।

त्यसैगरी, सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘लाखे’ नेपाली लोककथा र परम्परागत विश्वासमा आधारित छ । सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी र वर्षा राउत लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रले लाखे पात्रमार्फत समाजको आशा र डरको कथालाई रोचक ढङ्गले प्रस्तुत गरेको छ ।

‘डिशहोम गो’ले नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, खेलकुद र नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायतका विविध मनोरञ्जन सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।


Facebook Comments