बाबु–छोराको झगडा छुटाउन जाँदा छिमेकीको मृ*त्यु
बाबु र छोरा दुवै पक्राउ
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १२:००
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा बाबु र छोराबीचको झगडा छुटाउन गएका एक छिमेकीको लडेर मृत्यु भएको छ ।
३३ वर्षीय रणे तामाङ छिमेकी ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको विवाद समाधान गर्न खोज्दा लडेर घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार, मृतक तामाङ ओङ्दीकी बिरामी आमाको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेका थिए । शरीरमा बाहिरी चोटपटक नदेखिएकाले मृत्युको यकिन कारण पोस्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि ५२ वर्षीय ओङ्दी र २६ वर्षीय कुन्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको छ ।
Facebook Comments