निर्वाचन बिथोल्न खोज्नेलाई कडा कारबाही गर्ने गृहमन्त्रीकाे चतावनी
शून्य सहनशीलता अपनाउन निर्देशन
मेयरसाप डेस्क
|
२०८२ माघ १५ गते १८:०७
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनको शान्ति सुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।
बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग भएको छलफलमा उनले भयरहित निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री अर्यालले मतदाता, उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मीको पूर्ण सुरक्षाका लागि गृह मन्त्रालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
निर्वाचनविरोधी गतिविधिप्रति शून्य सहनशीलता अपनाउन स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई स्पष्ट निर्देशन दिइसकिएको उनको भनाइ छ ।
आयोग र सरकारबीचको यो छलफलले निर्वाचनको समग्र व्यवस्थापकीय तयारी र सुरक्षा चुनौतीलाई सम्बोधन गर्न थप सहज हुने विश्वास लिइएको छ ।
Facebook Comments