प्रहरीको रासन स्केल र दैनिक भत्ता बढाउने सरकारको निर्णय

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १७:५०
Image of https://mayorsap.com/storage/photos/shares/mantriparisad.jpg

काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र दैनिक रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीको मनोबल उच्च राख्ने उद्देश्यले रासनको दररेट बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, यो नयाँ व्यवस्था आगामी फागुन १ गतेदेखि लागू हुनेछ । 

यद्यपि, रासनको रकम कति प्रतिशत वा कति रुपैयाँले वृद्धि गरिएको हो, भन्नेबारे भने मन्त्रालयले विस्तृत विवरण खुलाएको छैन ।

मूल्यवृद्धिको चाप र सुरक्षाकर्मीको मागलाई सम्बोधन गर्दै सरकारले यो निर्णय गरेको बुझिएको छ ।


Facebook Comments