नेप्सेमा साढे १७ अंककाे गिरावट, १४ अर्बको कारोबार

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १७:३२
Image of https://mayorsap.com/storage/photos/shares/nepse-ghatyo-1.jpg

काठमाडौं । धितोपत्र बजार नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन नेप्से १७.५३ अङ्कले घटेर २ हजार ७ सय १४.०५ विन्दुमा ओर्लिएको हो । बुधबार ५ अङ्कले बढेर बन्द भएको बजारले बिहीबार भने वृद्धिलाई निरन्तरता दिन सकेन ।

परिसूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । बिहीबार कुल १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन बुधबारको ११ अर्ब ४९ करोडको तुलनामा करिब ३ अर्बले बढी हो । दिनभर १ लाख ३८ हजारभन्दा बढी पटकको कारोबारबाट ३ करोड ५४ लाख कित्ता सेयर हातफेर भएका छन् ।

कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत्, लगानी र सामूहिक लगानी कोष बाहेकका सबै उपसमूह राताम्मे देखिएका छन् । कुल २६० कम्पनीको कारोबार भएकोमा ८५ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।


Facebook Comments