रेशमको उम्मेदवारी विवाद : पुरानो मिसिल झिकाउन सर्वोच्चकाे आदेश

User Image मेयरसाप डेस्क | २०८२ माघ १५ गते १७:१९
Image of https://mayorsap.com/storage/photos/shares/resham-chaudhari.jpg

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिका फैसला र फाइलहरू पेस गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले चौधरीको कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसला र आममाफीविरुद्ध परेको रिटको फाइल पूर्वआदेश अनुसार पेस गर्न निर्देशन दिएको हो ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

सोही क्रममा शारदा कडायतले चौधरीको आममाफीविरुद्ध दर्ता गरेको रिट र निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्दा गरेको निर्णयको प्रमाणित प्रतिलिपि झिकाउन समेत आदेश दिइएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै खारेज गरिदिएको थियो ।


Facebook Comments