यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखियाको निधन
मेयरसाप डेस्क
|
२०८२ माघ २० गते १०:५९
रौतहट । यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष श्रीप्रसाद मुखिया (चन्द्रिका) को निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता मुखियाको हृदयघातका कारण सोमबार राति निधन भएको हो ।
राति करिब १२ बजे अचानक हृदयाघात भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा उनको मृत्यु भएको हो ।
मुखिया २०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा उनले गाउँपालिकाको विकास र सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण कार्य गरेको स्थानीयहरु सम्झन्छन् ।
जनयुद्धकालमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका मुखिया रौतहटको राजनीतिमा एक प्रभावशाली र जुझारु नेताका रूपमा परिचित थिए ।
मुखियाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज यमुनामाईस्थित उनकै निवासमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।
Facebook Comments