दुई दिन लगातार घटेको सुनचाँदीको मूल्य आज फेरि बढ्यो

कति पुग्याे ?

User Image मेयरसाप डेस्क | २०८२ माघ २० गते ११:१७
Image of https://mayorsap.com/storage/photos/shares/gold-and-silver_1.jpg

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६ सय पुगेको थियो । 

सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार दुई सय कायम थियो । आज (मंगलबार) प्रतितोला एक सय ३५ रुपैयाँले बढेर चाँदीको मूल्य पाँच हजार तीन सय ३५ पुगेको छ । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


Facebook Comments