Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार सेना परिचालन

सेनाले लियो आजैदेखि जिम्मेवारी

User Image मेयरसाप डेस्क | २०८२ माघ २१ गते ११:०९
Image of https://mayorsap.com/storage/photos/shares/sena-parichalan-1.jpg

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले आजदेखि देशभर आफ्नो जनशक्ति परिचालन गरेको छ । सरकारको निर्णय र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीकृतिपछि सेनाले सुरक्षाको कमान्ड सम्हाल्न थालेको हो ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, देशभर कुल ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षामा खटिएका छन् । सेनाले आजैदेखि देशभरका विमानस्थल र कारागारहरूको सुरक्षा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

यसैगरी, सेनाले देशभरका प्रमुख सडकहरूमा सुरक्षा बेस स्थापना गरी पैदल गस्ती समेत सुरु गरिसकेको छ । मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमशः पहिलो र दोस्रो घेरामा रहनेछन् भने सेनाले बाहिरी घेराबाट सुरक्षा प्रदान गर्नेछ ।


Facebook Comments