बुढानीलकण्ठमा मध्यरातमा आग*लागी : सात जनाको उद्धार
मेयरसाप डेस्क
|
२०८२ माघ २२ गते १३:४२
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा गएराति भएको भीषण आगलागीबाट सात जनाको उद्धार गरिएको छ । विद्युत् सर्ट भएर राति करिब ११ बजे सुरु भएको आगलागी तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार, चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको थियो । आगलागी लगत्तै खटिएको प्रहरी र स्थानीयको टोलीले सात जनाको उद्धार गरेका कारण कुनै मानवीय क्षति हुन पाएन ।
“अहिले बिहानैदेखि हामीले भौतिक क्षतिको विवरण सङ्कलन गर्न सुरु गरेका छौँ,” प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने । रातिको समयमा आगलागी भए पनि तत्काल उद्धार कार्य सुरु गरिएकाले ठुलो दुर्घटना टरेको प्रहरीको भनाइ छ ।
Facebook Comments