Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

User Image मेयरसाप डेस्क | २०८२ माघ २५ गते १९:२५
Image of https://mayorsap.com/storage/photos/shares/durga-prasai-2.jpg

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा छोडिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

प्रहरीले प्रसाईंलाई शुक्रबार दक्षिणकाली नगरपालिका–६ स्थित चाल्नाखेलबाट पक्राउ गरेको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्र निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए। उनले माघ १९ गते चितवन पुगेर राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गरेका थिए। सो क्रममा प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम आयोजना गरिएपछि केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।

उनको अभिव्यक्तिलाई लिएर साइबर अपराधसम्बन्धी अनुसन्धान अघि बढाइएको भए पनि प्रारम्भिक प्रक्रियापछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।


Facebook Comments