Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिन्धुुलीको एसबिआई बैंक लुटपाटमा संलग्न पूर्पक्षका लागि कारागार चलान

User Image मेयरसाप डेस्क | २०८२ माघ २८ गते १४:१७
Image of https://mayorsap.com/storage/photos/shares/adalat6.png

सिन्धुुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैंक लिमिटेडको शाखामा लुुटपाट गरेको आरोपमा पक्राउ परेकालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । गत मंसिर २९ गते साँझ संगठित रूपमा एसबिआई बैंकमा डाँका चोरी गरेको घटनामा पक्राउ परेका आरोपितहरूलाई अदालतले पूर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। 

घटनापछि गरिएको अनुसन्धानका आधारमा पक्राउ परेका प्रतिवादीहरूविरुद्ध मुद्दा दर्ता भई अदालतमा पेश गरिएको थियो। जिल्ला अदालत सिन्धुलीले २०८२ माघ २७ गतेको आदेशअनुसार घ्याङ्लेख–२ हायुटारका ४३ वर्षीय छविलाल स्याङतान, सोही स्थानका ४३ वर्षीय चतुरमान बजु, ५३ वर्षीय ज्ञान बहादुर भ्लोन तामाङ, चितवन भरतपुर–२ बस्ने २२ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २२ वर्षीय विवेक मगर र २३ वर्षीय मिलन गिरीलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली पठाउने आदेश दिएको हो।

यसैगरी, घटनामा संलग्न एक जना नाबालक अभियुक्तलाई भने अदालतले बालसुधार गृहमा राख्न आदेश दिएको छ। जिल्ला अदालतको आदेशपछि सबै अभियुक्तहरूलाई सम्बन्धित निकायमार्फत कारागार तथा बालसुधार गृह पठाइएको छ। उक्त बैंक डकैती प्रकरणले स्थानीय क्षेत्रमा व्यापक चर्चा पाएको थियो भने अनुसन्धानपछि अदालतले पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।


Facebook Comments