त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा प्रदर्शन गर्न रोक
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १०:१०
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा जुलुस तथा प्रदर्शन नगर्न आग्रह गरेको छ ।विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरितका कार्यहरुमा संलग्न जो सुकैलाई पनि कानून बमोजिम कारबाही हुने भनिएको छ ।
Facebook Comments