कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर उत्कृष्ट, काठमाडौं महानगर सबैभन्दा कमजोर
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १८:०२
काठमाडौं। देशका ६ वटा महानगरपालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा मोरङको विराटनगर महानगरपालिका उत्कृष्ट बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर तयार गरेको मूल्याङ्कन रिपोर्टका अनुसार विराटनगरले ७८.११ अङ्क पाएर पहिलो स्थान कायम गरेको हो ।
दोस्रो स्थानमा भने ललितपुुर जिल्लाको ललितपुुर महानगरपालिका परेको छ । ललितपुुरले ७६.३३ प्रतिशत अङ्क पाएको छ । त्यसैगरी ६८.०४ अङ्क प्राप्त गर्दै भरतपुुर महानगर तेस्रो स्थानमा परेको छ भने ५८.०४ अङ्कसहित पोखरा महानगर चौंथो स्थानमा रहेको छ । पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ । कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर देखिएको काठमाडौं महानगरपालिकाले ४४.९७ अङ्कमात्र प्राप्त गरेको छ ।
उपमहानगरपालिकाहरूको कार्यसम्पादनमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ६४.४४ अङ्क प्राप्त गर्दै पहिलो भएको छ । दाङका दुई उपमहानगरपालिकाहरू तुल्सीपुर ६१.५३ अङ्क र घोराही ६१.०८ अङ्क क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । उपमहानगरपालिकाहरू मध्ये सुनसरीको इटहरी उपमहानगरपालिका ३८.९६ अङ्कका साथ कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।
Facebook Comments