बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते
मेयरसाप डेस्क
|
२०८२ माघ २९ गते १९:०१
बागलुङ — बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ जना बालबालिका घाइते भएका छन्। मध्यपहाडी लोकमार्गबाट तल खसेको भ्यानमा न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी सवार थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमीको विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान लोकमार्गबाट रात्माटा जाँदै गर्दा दुर्घटनामा परेको हो। भ्यान बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकैबाट करिब ५० मिटर तल शिवधारचोक जाने सडकमा खसेको थियो।
दुर्घटनामा २४ जना विद्यार्थी घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए। घाइते सबैको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments