Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रधानमन्त्री कार्की ताप्लेजुङमा, निर्वाचन तयारी र शान्ति सुरक्षाबारे जानकारी लिने

User Image मेयरसाप डेस्क | २०८२ माघ ३० गते १०:१२
Image of https://mayorsap.com/storage/photos/shares/suhila-karki.jpg

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाका साथै जिल्लाका गतिविधिबारे जानकारी लिन आज ताप्लेजुङ आइपुगेकी छन् ।

आजै बिहान उनले पाथीभरा माताको पूजाअर्चना गरेकी छन् । पूजाअर्चनापछि प्रधानमन्त्री कार्कीले “फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु”, सामाजिक सञ्जालमा लेखेकी छन् । 

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ । 


Facebook Comments