एमालेको घोषणापत्र कहिले ? कांग्रेसले तोक्यो डेटलाईन
मेयरसाप डेस्क
|
२०८२ माघ ३० गते १३:०३
काठमाडौं । नेकपा एमालेले फागुन ३ गतेपछि मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाउन निर्देशन दिएपनि एमालेले तयारी अभाव भन्दै फागुन ३ गतेपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौँ फर्केर घोषणापत्रको मस्यौदा अध्ययनमा लागेका छन् । एमालेले चुनावी घोषणापत्र मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा कमिटी गठन गरेको थियो । मस्यौदा कमिटीको सदस्यमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल,महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल रहेका छन् ।
मस्यौदा कमिटीले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर सुझाव सङ्कलन गरेको थियो । एमाले नेताहरूले यो पटकको चुनावी घोषणापत्र लामो नबनाउने बताउँदै आएका छन् । अघिल्लो निर्वाचनमा प्राथमिकतामा राखेका विषयहरूलाई समेत समेटेर तयार गरिने घोषणापत्रमा राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखिने एमालेले जनाएको छ ।
त्यस्तै अर्को दल नेपाली कांग्रेसले भने फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
Facebook Comments